खुल्लातर्फको दोस्रो म्याचिङ कार्यक्रम भोलि देखि

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातकोत्तर तहको खुलातर्फ एमडी/एमएस र एमडिएस बाहेकका अन्य कार्यक्रमको दोस्रो म्याचिङ सुरु गर्ने भएको छ।


    • स्वास्थ्य पेज

  • २ चैत्र २०७७, सोमबार
काठमाडौं: चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातकोत्तर तहको खुलातर्फ एमडी/एमएस र एमडिएस बाहेकका अन्य कार्यक्रमको दोस्रो म्याचिङ सुरु गर्ने भएको छ।

आयोगले भोलि मंगलबारबाट एमडी/एमएस र एमडिएस बाहेकका विषयमा खुला तर्फको म्याचिङ सुरु गर्ने भएको हो। सर्वोच्च अदालतको आदेशपछि आयोगले फागुन १४ गते म्याचिङको कार्यक्रम स्थगित गरेको थियो।

एमडी/एमएस र एमडिएसका विषयमा भने सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेका कारण उक्त मुद्दाको पूर्ण आदेश आएपछि मात्र थप निर्णय लिन सकिने आयोगले जनाएको छ।

अदालतको आदेश अनुसार नै आजबाट सुरु हुने भनिएको पिजीको कक्षा नहुने भएको छ। अदालतमा मुद्दाका विषयमा आज पेसी छ।

Notice Regarding Second Matching of Open Category

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech