कोरोना खोपः छुटेकालाई आज

    • स्वास्थ्य पेज

  • २ चैत्र २०७७, सोमबार

नेपालगन्जः बाँकेमा कोभिड विरुद्धको खोप लगाउन छुटेकालाई आज लगाइने भएको छ । विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका कार्यालय परिसरमा खोप लगाइने जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

कोभिड खोप अभियानमा छुटेका लक्षित समूहलाई आज एक दिन समय मिलाइएको उहाँको भनाइ छ । बाँकेमा हालसम्म ३० हजारबढीले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।

पहिलो चरणमा ९ हजार ८ सय ३३ र दोस्रो चरणमा २० हजार ७ सय ८६ गरी ३० हजार ६ सय १९ जनाले खोप लगाएका छन् । त्यसका लागि २ हजार १ सय ३८ भायल खर्च भएको छ ।

जिल्लामा लक्ष्यको ८१ प्रतिशत प्रगति भएको वलीले बताउनुभयो ।

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech