फार्मेसी सन्चालनका लागि धनी र व्यवसायी एउटै व्यक्ति हुनुपर्ने डिप्सानको माग

    • स्वास्थ्य पेज

  • १ चैत्र २०७७, आईतवार

काठमाडौं: डिप्सानले फार्मेसी सन्चालनका लागि व्यवसायी (फर्मासिस्ट, फार्मेसी सहायक) वा अनुमती प्राप्त व्यक्ती र धनी एउटै व्यक्ति हुनुपर्ने माग गरेको छ ।

डिप्लोमा इन फार्मेसी स्टुडेन्ट्स एसोसिएसन अफ नेपाल (डिप्सान)ले आइतबार औषधि व्यवस्था विभागलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेको हो । अनाधिकृत व्यक्तिबाट हुने औषधिको बिक्रि वितरण रोक्न विभागले तत्काल यस्तो नियम बनाउन डिप्सानको माग छ ।

एसोसिएसनले पसल अनुगमन निरिक्षण नियमित एवं पारदर्शी बनाउनुपर्ने, जो व्यसायीको निवेदनको आधारमा फार्मेसी दर्ता गरिन्छ , उसैको निवेदनको आधारमा फर्म खारेजको व्यवस्था गर्नुपर्ने र नयाँ फार्मेसी दर्ता गर्दा धनी र व्यवसायी एउटै व्यक्ति कायम गर्नुपर्ने लगायतका माग अघि सारेको छ ।

एसोसिएसनका महासचिव रंगमान मल्लले विभागले तत्काल कुनै पहल नगरे संघर्षका कार्यक्रम ल्याउने बताएका छन् ।

  • १ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech