झापास्थित बिएण्डसी अस्पताललाई सम्बन्धन नदिन डा.गोविन्द केसीको माग

    • स्वास्थ्य पेज

  • १ चैत्र २०७७, आईतवार

काठमाडौं:झापास्थित बिएण्डसी अस्पताललाई सम्बन्धन नदिन चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा.गोविन्द केसीले माग गरेका छन् । अवैध रुपमा सम्बन्ध दिन लागिएको भन्दै सम्बन्धको प्रक्रिया रोक्न डा केसीले माग गरेका हुन् ।

एक विज्ञप्ति जारी गर्दै डा.केसीले ‘झापास्थित बिएण्डसि अस्पताललाई कानुन छलेर अवैध रुपमा दिन लागिएको मेडिकल कलेजको सम्बन्धनको प्रक्रिया रोक्न माग गरेका हुन् ।

‘काठमाण्डु विश्वविद्यालय तथा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका भ्रष्ट उपकुलपतिको मिलेमतोमा विएण्डसी अस्पताललाई कानुन छलेर अवैध रुपमा दिन लागिएको मेडिकल कलेजको सम्बन्धन तत्काल रोक्नु पर्छ’, उनले भनेका छन्।

डा.केसीले जारी गरको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामाको समेत माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ,नैतिक रुपमा पतित, भ्रष्ट र आपराधिक नेतृत्वबाट मुलुकलाई मुक्ति दिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनु पर्दछ भन्ने मान्यता राख्दछौं।

डा केसीले आफ्नो माग पुरा नभए कुनै पनि बेला सत्याग्रह सुरु गर्ने बताएका छन् ।

  • १ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech