निजी अस्पतालहरुको शुल्क पुनरावलोकन गर्न मन्त्रालयद्वारा समिति गठन

    • स्वास्थ्य पेज

  • १ चैत्र २०७७, आईतवार

काठमाडौं: निजी अस्पतालहरुको शुल्क पुनरावलोकन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन गरेको छ। आइतबार बसेको बैठकले शुल्क पुनरावलोकन गर्न समिति गठन गरेको हो ।

मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो । समितिमा नेपाल मेडिकल काउन्सिल, मन्त्रालयको गुणस्तरीय महाशाखाका प्रमुख, नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख, निजी मेडिकल कलेजका संगठनका प्रतिनिधिसहितको विज्ञ टोली छ ।

अस्पतालहरुले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा बहिरंग, अन्तरंग, शल्यक्रिया आदि सेवाहरुको गुणस्तर निर्धारण, शुल्क, अस्पतालले आफ्ना कर्मचारीहरुलाई दिने सेवा सुविधाहरु समय अनुसार भए नभएको बारे पुनर्विचार गर्न समिति गठन गरिएको प्रवक्ता डा गौतमले बताउनुभयो ।

उक्त समितिले सरोकारवालासँग छलफल गरी सेवाको शुल्क र कर्मचारीको सेवा सुविधा सम्बन्धनमा प्रतिवेदन पेश गर्नेछ ।

  • १ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech