कोरोना संक्रमित बढ्न थालेपछि इटालीमा फेरि लकडाउन

    • स्वास्थ्य पेज

  • १ चैत्र २०७७, आईतवार

एजेन्सीः कोरोना भाइरसको नयाँ प्रकारको संक्रमण बढ्दै गएपछि इटालीमा फेरि लकडाउन गरिने भएको छ। इटालीका २० क्षेत्रमध्ये आधाभन्दा बढीमा मार्च १५ देखि प्रतिबन्धलगाउने निर्णय सरकारले गर गरेको हो। यससम्बन्धी कानुन प्रधानमन्त्री मारियो द्राघीले मन्त्रिपरिषद्बाट पास गराउनुभएको छ ।

इटालीका रोम, मिलान र भेनिसलगायतका सहरमा प्रतिबन्ध लगाइनेछ। रेड जोन घोषणा गरिएका क्षेत्रमा मानिसहरु स्वास्थ्यका कारण अथवा काम गर्न जानेबाहेक अन्य हिसाबले घरबाट बाहिर निस्कन पाउनेछैनन्। अत्यावश्यकबाहेकका पसलहरु बन्द रहनेछन्।

अरेन्ज जोनका मानिसहरुले भने सहर अथवा क्षेत्र छाड्न पाउनेछैनन् भने डेलिभरी अथवा टेकअवे सेवाका लागि मात्र रेस्टुँराहरु खुल्नेछन्।

सरकारी नियमअनुसार प्रतिलाख जनसंख्यामा २ सय ५० भन्दा बढी संक्रमित फेला परे स्वतः लकडाउन गरिनेछ। यस्तै, अप्रिल ३ देखि ५ सम्म राष्ट्रिय रुपमै लकडाउन गरिनेछ।

  • १ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech