रुपन्देहीमा आजदेखि दोस्रो चरण अन्तर्गतको खोप अभियान सुरु

    • स्वास्थ्य पेज

  • १ चैत्र २०७७, आईतवार

बुटवलः रुपन्देही जिल्लामा दोस्रो चरण अन्तर्गतको खोप अभियान आइतबारदेखि सुरु भएको छ । यो अभियान जिल्लाका ८ वटा पालिकामा सुरु भएको हो ।

चरणवद्ध रुपमा खोप लगाउने योजनाअनुरुप १६ पालिकामध्ये ८ पालिकामा जेष्ठ नागरिकका लागि कोरोना भाइरस विरुद्धको खोप दिन लागिएको छ ।

दोस्रो चरणको अभियानअन्तर्गत रुपन्देहीका तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, ओमसतिया गाउँपालिका लुम्बिनी साँस्कृतिक नगरपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र रोहिणी गाउँपालिका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार रुपन्देहीका १६ पालिकामा रहेका ६५ वर्षभन्दा माथिका ५२ हजार ६ सय ८७ जनालाई दुई चरणमा कोरोना बिरुद्धको खोप लगाइने छ ।

जिल्लाभरी खोप कार्यक्रम संचालनका लागि ८३ खोप केन्द्र, ५ सय ५८ स्वास्थ्यकर्मी र २ सय ४६ स्वयमंसेवक परिचालन गरिनेछ । यद्यपि, आइतबारबाट सुरु हुने अभियानका लागि भने ४६ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।

 

 

  • १ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech