पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १ चैत्र २०७७, आईतवार
पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंः नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको छ । पछिल्लो २४ घण्टामा ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ३ सय २६ पुगेको छ । । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ३ हजार १४ जनाको निधन भएको छ ।

  • १ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech