डा शान्ता सापकोटालाई वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी

    • स्वास्थ्य पेज

  • १ चैत्र २०७७, आईतवार

काठमाडौंः  डा शान्ता सापकोटालाई वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ।

अस्पतालको निर्देशकका लागि धेरै जना आकंक्षी भएकाले तत्कालै निर्देशक नियुक्ती हुने सम्भावना कम भएको भन्दै ऐनेस्थेसियोलोजिष्ट डा सापकोटलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्तको नियुक्ती दिइएको हो।

अस्पतालका निर्देशक डा केदार सेञ्चुरीको कार्यकाल आजबाट सकिएको छ । अस्पतालको दैनिक कामकाज चलाउन डा सापकोटालाई निमित्तको जिम्मेवारी दिइएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा डिएन साहले जानकारी दिनुभयो ।

  • १ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech