चिकित्सा शिक्षा अन्तर्गतको स्नातकोत्तर तह (पिजी)को परीक्षा अन्यौलमा

    • स्वास्थ्य पेज

  • १ चैत्र २०७७, आईतवार

काठमाडौंः चिकित्सा शिक्षा अन्तर्गतको स्नातकोत्तर तह (पिजी) को चैत २ गते (भोली) देखि हुने भनिएको कक्षा संचालन अन्यौलमा परेको छ।

पिजीको मेरिट लिस्टबाट विद्यार्थीलाई हटाइएको विषयमा सर्वोच्चमा परेको मुद्धामा पूर्ण फैसला नआइसकेकाले भोलीदेखि हुने भनेको कक्षा संचालनको विषय अन्यौलमा परेको हो।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले अदालतमा सोमबार नै सुनुवाइका लागि पेसी रहेको जानकारी दिनुभयो ।अदालतको फैसला आएपछि मात्र पिजीको कक्षा संचालन हुने प्राडा गिरीको भनाइ छ।

आयोगले विभिन्न मेडिकल कलेजका लागि तोकेको १६ सय सिट मध्ये १२ सय सिटमा विद्यार्थी भर्ना भइसकेका छन् भने ४ सय सिटमा विद्यार्थी भर्ना हुन बाँकी रहेको प्राडा गिरीको भनाइ छ।

  • १ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech