मह के वास्तवमै प्रकृतिको अमूल्य उपहार हो ?

    • स्वास्थ्य पेज

  • १ चैत्र २०७७, आईतवार

मह एक स्वादिलो, रसिलो मात्र नभई स्वास्थ्यवद्र्धक गुणले पनि भरिपूर्ण मानिन्छ । घरेलु ओखतीको रुपमा महको प्रयोग सदियौंदेखि हुँदै आएको छ । विगतमा घर–घरमा माहुरीको घार बनाउने र मह काडेर खाने गरिन्थ्यो । लामो समय भण्डारण गरेर पनि प्रयोग गरिन्थ्यो । लामो समयसम्म राख्दा पनि यसको गुण नष्ट हुँदैन ।

यद्यपि अहिले भने बजारमा अनेकथरी मह आउन थालेको छ । विभिन्न कम्पनीले मह उत्पादन गरेर बजारमा ल्याउने गरेका छन् । बजारमा उपलब्ध महको गुणवत्ताप्रति भने उपभोक्ता ढुक्क हुन सकिरहेका हुँदैनन् । कतिपय कमसल वा मिसावटयुक्त महको कारण उपभोक्ताले यसको गुणस्तरप्रति शंका गरिरहेका छन् ।

यदि शुद्ध मह छनौट गर्न सकियो र नियमित सेवन गर्ने हो भने यसले स्वास्थ्यमा राम्रो लाभ मिल्ने बताइन्छ । महलाई स्वाद भन्दा पनि बढी ओखतीकै रुपमा प्रयोग गरिन्छ । औषधीय गुणले भरिपूर्ण महका बारे केही रोचक प्रसंग यहाँ उल्लेख गरिएको छ ।

विश्वभरमा महसँग जोडिएको रोचक कुरा

त्यसो त विश्वमै प्राचिनकालदेखि महको महत्व स्वीकार गरिएको छ । हाम्रो पौराणिक ग्रन्थ वेदमा महको गुणगान गाइएको छ । त्यसमा लेखिएको छ, वैदिक कालदेखि मान्छेले मादक सुराका साथ मह सेवन गर्थे ।

अरबी साहित्यमा त महमाथि कति कविता लेखिएको छ । विख्यात अरबी कवि हाफिजको कवितामा महको वर्णन गरिएको छ । मिश्रमा पनि विभिन्न प्रकारको औषधिमा महको उपयोग गरिन्थ्यो । प्राचिन युनानमा मह अत्याधिक लोकप्रिय थियो । ओलम्पिक खेलमा कडा शारीरिक गतिविधि गरिसकेपछि पुन शक्ति आर्जन गर्नका लागि मह खुब उपयोग गरिन्थ्यो ।

यूरोपिय औषधि विज्ञानको जनक अर्थात मेडिकल साइन्सका पिता मानिने हिपोक्रेट्स भन्थे कि, महले दीर्घायु प्राप्त हुन्छ । अतः उनी आफ्ना बिरामीलाई मह सेवन गर्न सुझाव दिन्थे । आँखाको उपचारमा समेत मह उपयोग गरिन्छ । आँखाको विभिन्न आयुर्वेदिक औषधि निर्माणमा मह प्रयोग गरिन्छ ।

महको पोषक तत्व

माहुरीले थरीथरी फूलको रस चुसेर त्यसलाई महमा संचित गर्छ । एक किलो मह जम्मा गर्नका लागि माहुरीले दुईदेखि पाँच लाख फूलको चक्कर लगाउनुपर्छ । कहिले काहीँ त माहुरीले फूलको खोजीमा निकै टाढा टाढासम्मको यात्रा तय गर्नुपर्ने हुन्छ ।

महको चाकामा एकत्रित फूलको रसमा सुरुमा ७५ प्रतिशत पानी हुन्छ । तर, जति जति समय बित्दै जान्छ, पानीको अधिकांश भाग बाष्पित हुन्छ । यही प्रक्रिया चलिरहँदा केवल २० प्रतिशत मात्र पानी रहन्छ ।

सुरुमा माहुरीले फूलबाट जम्मा गरेको रस चिनी हुन्छ । तर, चाकामा एकत्रित गरेपछि त्यसमा रासायनिक परिवर्तन हुन्छ । अन्ततः यही प्रक्रियाबाट त्यसमा केवल १ दशमलव ९ प्रतिशत मात्र सुगर बाँकी रहन्छ । महमा २० प्रतिशत पानीका साथै ७६ प्रतिशत आयरन, फस्फोरस, क्याल्सियम, सोडियम, म्याग्निज, मिनरल्स आदि हुन्छ ।

  • १ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech