नेपाल फार्मेसी संघको जिल्ला भेला सम्पन्न

    • स्वास्थ्य पेज

  • २९ फाल्गुन २०७७, शनिबार

नेपालगन्ज: नेपाल फार्मेसी संघको बाँके जिल्ला भेला आज नेपालगन्जमा सम्पन्न भएको छ । समसामयिक विषयमा छलफल गर्न भेला आयोजना गरिएको संघका जिल्ला अध्यक्ष सुरेन्द्र कुमार डफगरले जानकारी दिनुभएको छ।

जिल्लामा रहेका फर्मासिस्ट, सहायक फर्मासिस्टहरुलाई संगठित गर्नपनि भेला आयोजना गरिएको संघका बाँके महासचिव दिनेश बिष्टले बताउनुभयो । फार्मेसी पेशा मर्यादित बनाउन निति नियमका बारेमा समेत भेलामा छलफल गरिएको थियो ।

संघका केन्द्रिय अध्यक्ष अमृत खनालको प्रमुख आथित्यतामा सम्पन्न भेलामा संघका केन्द्रिय सह-कोषाध्यक्ष टेक विक, संघका कर्णाली प्रदेश संयोजक दानबहादुर रोकाय, फान सुर्खेतका अध्यक्ष सुन्दर आचार्य लगायतले पेशागत हकहितका लागि संघले गरिरहेका काम, संघको औचित्य, रणनिति लगायतका विषयमा प्रष्ट पार्नुभएको थियो ।

भेलामा यस क्षेत्रका सिनियर फर्मासिस्ट श्याम अधिकारी, भेरी अस्पतालमा कार्यरत फर्मासिस्ट अभिनाश गुप्ता लगायतले बोल्नुभएको थियो । भेलाले रिक्त रहेको सचिव पदमा सन्तोष बाबू सुवेदीलाई मनोनित गरेको छ ।

त्यस्तै लेखनाथ शर्मालाई सह कोषाध्यक्ष, साहिद जसगड, नवीन पाल, नरेश कडायत, अस्मित आचार्य, निरा सिंह ठकुरी, नवराज वलि र रत्ना रोकायलाई सदस्यमा मनोनित गरिएको संघका उपाध्यक्ष लक्ष्मीनारायण न्यौपानेले बताउनुभयो।

भेलामा सयको हाराहारीमा सहायक फर्मासिस्ट, फर्मासिस्टहरुको उपस्थिति थियो ।

  • २९ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech