बेनी अस्पतालमा आफ्नै प्लान्टबाट अक्सिजन

    • स्वास्थ्य पेज

  • २९ फाल्गुन २०७७, शनिबार

????????????????????????????????????

पोखराः म्याग्दीको बेनीस्थित ५० शैय्याको बेनी अस्पतालमा आफ्नै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ ।

अस्पतालका ३० शैय्यामा पाइपमार्फत अक्सिजन पु¥याइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । बेनी अस्पताल ५० शैय्या क्षमताको अस्पताल भनिएपनि पूर्ण क्षमतामा सञ्चालन हुन भने सकेको छैन ।

कुल १ करोड ४ लाख लागतमा अक्सिजन प्लान्ट सञ्चालन भएको अध्यक्ष कटुवालले जानकारी दिनुभयो । यसका लागि २ आर्थिक वर्षमा गरी गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट ८५ लाख रुपैयाँ विनियोजन भएको थियोे ।

सामाजिक विकास मन्त्रालयबाट नै प्लान्ट भवनका लागि चालु आर्थिक वर्षमा ५ लाख र संघीय सांसद भुपेन्द्र थापाको पहलमा सांसद विकास कोषको १३ लाख ४५ हजार रघुगंगा गाउँपालिकामार्फत प्राप्त भएको अध्यक्ष कटुवालले उल्लेख गर्नुभयो ।

रघुगंगामार्फत् प्राप्त रकममा चानचुन १ लाख थपेर बुस्टर मेसिन किनिएको उहाँले स्पष्ट पार्नुभयो ।

  • २९ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech