देशभर कोभिड संक्रमितको कुल संख्या २ लाख ७५ हजार १७८

    • स्वास्थ्य पेज

  • २९ फाल्गुन २०७७, शनिबार

काठमाडौं: देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७५ हजार १ सय ७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६० जना कोभिड संक्रमित थपिएका छन् ।

देशभरका विभिन्न प्रयोगशालामा २ हजार ३६२ जनाको पीसीआर परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमण मुक्त भएर डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७१ हजार २ सय ४९ पुगेको छ ।

गएको २४ घण्टामा ७२ जना उपचारपछि डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । संक्रमणकै कारण गएको २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ३ हजार १४ पुगेको छ। ४९ जना क्वारेन्टाइनमा रहेको र ९ सय १५ जना सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयले जनाएको छ ।

 

  • २९ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech