बाँकेमा १९ हजार धेरै वृद्धवृद्धाले कोरोना खोप लगाए

नेपालभरी ८ लाख २७ हजार ९ सय १७ जना वृद्धवृद्धाले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या ६५ वर्षमाथिका कुल वृद्धवृद्धाको संख्याको ४६ प्रतिशत हो ।


    • स्वास्थ्य पेज

  • २८ फाल्गुन २०७७, शुक्रबार

नेपालगन्ज: दोस्रो चरणको खोप अभियानमा बाँकेमा १९ हजार धेरै वृद्धवृद्धाले खोप लगाएका छन् । गएको २३ गतेबाट सुरु भएको अभियानमा ६५ वर्षभन्दामाथिका १९ हजार ५ सय ५८ जनाले खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर भेषराज शर्माका अनुसार यो हिसावले हेर्दा बाँकेमा उत्साहजनक तरिकाले खोप लगाएको पाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा ४ हजार ३ सय ७८, कोहलपुर नगरपालिकामा २ हजार ८ सय ६६, खजुरा गाउँपालिकामा २ हजार ६ सय २६, डुडुवामा १ हजार २ सय ९४, राप्तीसोनारीमा २ हजार ६ सय ५, जानकीमा १ हजार ८ सय ३२, नरैनापुरमा १ हजार ८ सय ३९ र बैजनाथ गाउँपालिकामा २ हजार ३ सय २१ जनाले खोप लगाएका छ्न ।

बाँकेमा २५ हजारबढीलाई खोप लगाउने लक्ष्य स्वास्थ्य कार्यालयले लिएको थियो ।

यस्तै नेपालभरी ८ लाख २७ हजार ९ सय १७ जना वृद्धवृद्धाले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या ६५ वर्षमाथिका कुल वृद्धवृद्धाको संख्याको ४६ प्रतिशत हो । दोस्रो प्राथमिकताको पहिलो चरणमा जम्मा १७ लाख ८२ हजार ४ सय ६९ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।

खोप अभियानको पहिलो दिन २ लाख ३१ हजार ९ सय ९८, दोस्रो दिन २ लाख ४२ हजार ५ सय ५१, तेस्रो दिन २ लाख १६ हजार ३ सय ५२ र चौथो दिन एक लाख ३७ हजार १६ गरी जम्मा ८ लाख २७ हजार ९ सय १७ खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।

  • २८ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech