अक्सफर्ड खोपका कारण रगत जमेको कुनै प्रमाण नरहेको दाबी

    • स्वास्थ्य पेज

  • २८ फाल्गुन २०७७, शुक्रबार

एजेन्सीः युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफर्ड–आस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै संकेत नभएको स्पष्ट पारेको छ।खोप लगाएका र नलगाएका मानिसमा त्यस्तो खतराको जोखिमस्तर उत्तिकै रहेको दाबी पनि नियामक निकायले गरेको छ।

डेनमार्क र नर्वे लगायत कतिपय देशहरूले रगत जम्ने समस्या देखिएको बताउँदै सो खोपको प्रयोग स्थगित गरेपछि युरोपेली युनियनको औषधि नियामक निकायले स्पष्टीकरण दिएको हो।

यो खोप लिएपछि इटालीमा एकजना ५० वर्षीय पुरुषलाई डिप भेन थ्रम्बोसिस भएर मृत्यु भएको विवरण पनि सार्वजनिक भएको थियो। तर नियामक निकायले भने खोपकै कारण ती समस्या आएका हुन् भन्ने कुनै प्रमाण नरहेको बताएको हो।

  • २८ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech