एस्ट्राजेनेकाको खोपले रगतमा कुनै असर नगर्ने युरोपियन युनियनकाे दाबी

    • स्वास्थ्य पेज

  • २८ फाल्गुन २०७७, शुक्रबार

काठमाडौंः अक्सफोर्ड एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप लगाउँदा रगतमा कुनै समस्या देखा नपर्ने युरोपियन युनियनकाे नियामक निकायले दाबी गरेको छ ।

यो कोरोना खोप लगाएका व्यक्तिहरुमा रगतमा धब्बाहरु देखा परेको कुरा सत्य नभएको युरोपियन सङ्घको नियामक निकायका अधिकारीहरुले बताएका छन् । यसअघि खोप लगाइसकेका मानिसको शरीरमा रहेका रगतको सानो समूहहरुमा केही असरहरु देखा परेको भनिएको थियो ।

डेनमार्ग र नर्वेलगायत देशहरुमा यो खोप लगाउन रोकिएसँगै खोपबारे प्रश्न उठेको थियो । इटलीमा कोरोना खोप लगाएपछि ५० वर्षका एक जना व्यक्तिको ज्यान गएसँगै यो खोपको प्रभावकारिताबारे प्रश्न उठेको हो । तर पछि त्यो व्यक्तिको अरु नै रोगका कारण ज्यान गएको पुष्टि भएको स्वास्थ्य अधिकारीहरुको दाबी छ ।

एस्ट्राजेनेका खोपका कारण अहिलेसम्म स्वास्थ्यमा असर गर्ने कुनै कारणहरु नभएकाले ढुक्क भएर लगाउन युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले सुझाव दिएको छ ।

  • २८ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech