पारामेडिक्स तथा नर्सिङतर्फका २७४ स्वास्थ्यकर्मीको स्तरवृद्धि

    • स्वास्थ्य पेज

  • २६ फाल्गुन २०७७, बुधबार

काठमाडौं: पारामेडिक्स तथा नर्सिङतर्फका स्वास्थ्यकर्मीको स्तरवृद्धि भएको छ ।

२७४ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागले २०७६ साल असारमा निवेदन दर्ता भई आवश्यक कागजातहरू प्राप्त भई स्वास्थ्यकर्मीको स्तरवृद्धि भएको जनाएको हो ।

विभागका अनुसार कार्यसम्पादन मुल्याङ्कनको आधारमा पारामेडिक्स तर्फ चौथो तहका ११३ जनाको पाचौं तहमा र पाँचौ तहबाट १०७ जनाको छठौं तहमा स्तरबृद्धि भएको हो । त्यस्तै नर्सिङ तर्फ ५४ जनाको पाचौं तहबाट छैठौं तहमा स्तरवृद्धि भएको छ ।

हेर्नुहोस् सूचि

G6-Nurshing

Nurshing-4-55-6-R1-2077

Paramedics-4-5-R2-2077

Paramedics-5-6-R1-2077

  • २६ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech