बुधबार देशभर १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,६३ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २६ फाल्गुन २०७७, बुधबार

काठमाडौं। बुधबार देशभर १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ४८८ जनाको पीसीआर परीक्षण गर्दा ४६ जना महिला र ५८ जना पुरुषमा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण हुनेहरुको कुल संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ । गएको २४ घण्टामा कोरोना संक्रमणबाट निको भएर ६३ जना डिस्चार्ज भएका छन् ।

योसँगै देशभर कोरोना भाइरस संक्रमण मुक्त हुनेहरुको कुल संख्या २ लाख ७१ हजार ५० पुगेको छ । देशभर ९११ जना आइसोलेसनमा र ५५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा मन्त्रालयले कोरोना संक्रमणका कारण कसैको ज्यान नगएको जनाएको छ ।

तर संक्रमणका कारण आज बिहान मात्र नेपालगन्जमा १ जनाको ज्यान गएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ।मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोभिड संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ३ हजार १२ छ ।

  • २६ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech