भेरी अस्पतालमा ७० बर्षमाथिका जेष्ठ नागरिकलाई निःशूल्क उपचार

मन्त्रालयले बनायो नयाँ निर्देशिका


    • स्वास्थ्य पेज

  • २५ फाल्गुन २०७७, मंगलवार

तस्विर : फाइल

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन सम्बन्धि निर्देशिका जारी गरेको छ। सो सेवा २४ वटा अस्पतालबाट सुरू गरिने छ। सो कार्यक्रमलाई क्रमश ५० बेडभन्दा माथि रहेका अस्पतालमा लागू गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जेष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा छुट तथा प्राथमिकताका लागि निर्देशिका जारी गरिएको हो। स्वास्थ्य मन्त्रालय र प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्राप्त भएको अनुदान र अस्पतालको आन्तरिक स्रोतबाट निश्चित रकम जेष्ठ नागरिरको स्वास्थ्य सेवामा छुटाएर निशुल्क सेवा दिर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार ६० वर्षभन्दा माथिका बिरामीको आकस्मिक, बहिरंग र अन्तर्गत सेवा निःशुल्क वा सहुलियत प्रदान गरिने छ । नेपालगन्जस्थित भेरी अस्पतालमा अहिलेपनि ज्येष्ठ नागरिकको निःशुल्क उपचार हुने गरेको छ । ७० बर्षमाथिका नागरिकलाई सबै प्रकारको उपचार निशुल्क दिने गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिनुभयो ।

  • २५ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech