कोरोना विरुद्धको खोप लगाएपछि १०४ बर्षीया वृद्धाले भनिन्- ढुक्क भएर खोप लगाऔं

    • स्वास्थ्य पेज

  • २५ फाल्गुन २०७७, मंगलवार

काठमाडौंः ॐ अस्पताल काठमाढौं खोप केन्द्रमा १०४ वर्षीया जेष्ठ नागरिकले खोप लगाएकी छन् । मंगलबार विहान ११ बजे काठमाडौं महानगरपालिका—७ कुमारीगालकी १०४ वर्षीया जेष्ठ नागरिक मनरुपा चौलागाईले कोभिड—१९ विरुद्धको खोप लगाउनुभएको हो ।

छोरा बुहारीका साथमा उहाँ ॐ अस्पतालस्थित खोप केन्द्र पुग्नुभएको थियो । १० सन्तानकी आमा मनरुपाले कोरोना महामारीका बारेमा धेरै जानकारी राखेको बताउनुभयो । सधैं मास्क लगाएर हिड्ने गरेको र बेलाबेलामा राम्रोसँग हात धुने गरेको बताउँदै उहाँले बुढाबुढीलाई धेरै अप्ठ्यारो पार्ने कोरोना रोक्न खोप लगाएको जानकारी दिनुभयो । उहाँले ढुक्क भएर खोप लगाउन जेष्ठ नागरिकहरुलाई आग्रह पनि गर्नुभयो ।

ॐ अस्पतालका मेडिकल डाइरेक्टर डा हरिश जोशीले कोभिड—१९ विरुद्धको विश्वव्यापी लडाइ र राष्ट्रिय खोप कार्यक्रममा नेपाल सरकार र ॐ अस्पतालको सहकार्यलाई स्वीकार गरी अत्यन्त उत्साहपूर्वक सहभागि हुनुभएकोमा सम्पूर्ण जेष्ठ नागरिकहरुप्रति आभार ब्यक्त गर्नुभयो ।

 

  • २५ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech