स्वास्थ्य सेवा ऐन र नियमावाली परिमार्जन गर्न सुझाव माग

    • स्वास्थ्य पेज

  • २५ फाल्गुन २०७७, मंगलवार

काठमाडौंः स्वास्थ्य सेवा ऐन र नियमावाली परिमार्जन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव माग गरेको छ। स्वास्थ्य सेवा ऐन, २०५३ र स्वास्थ्य सेवा नियमावली,२०५५ परिमार्जन गर्नुपर्ने भन्दै सरोकारवालासँग सुझाव माग गरेको हो । यस्तो सूचना मन्त्रालयले मंगलबार जारी गरेको छ ।

मन्त्रालयले स्वास्थ्य सेवा ऐन र स्वास्थ्य सेवा नियमावली परिमार्जन गर्न मस्यौदा समिति गठन गरेको छ। महेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित समितिले परिमार्जनका लागि आवश्यक काम अगाडि बढाइरहेको छ।

ऐन र नियमावली संशोधन र कार्यान्वयनमा देखिएका समस्याहरुको सम्बन्धमा सुझाव पेस गर्न सबै सरोकारवालालाई अनुरोध गरिएको हो। स्वास्थ्य मन्त्रालयले ७ दिनभित्र ऐन र नियमावलीमा भएका समस्याको विषयमा सुझाव पेस गर्न आग्रह गरेको हो।

No description available.

 

  • २५ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech