कांग्रेस नेता जोशीलाई फेरि भेन्टिलेटरमा राखियो

    • स्वास्थ्य पेज

  • २५ फाल्गुन २०७७, मंगलवार

काठमाडौंः नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई पुनः भेन्टिलेटरमा सारिएको छ।मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचाररत रहनुभएको छ ।

उहाँलाई १४ फागुनमा अस्पताल भर्ना गरिएको थियो । उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको थियो। तर, शनिबार बिहानदेखि एक्कासी श्वासप्रश्वासमा र मुटुको चालमा समस्या भएपछि भेन्टिलेटरमा सारिएको उपचारमा संलग्न डा राजीव झाले बताउनुभयो ।

मष्तिष्कघात हुँदा रक्तश्राव भई जोशीको टाउकोमा रगत जमेको थियो। यस्ता बिरामीहरुमा उपचारको क्रममा पुनः समस्या आउनु स्वभाविक परिणाम रहेको डा झाको भनाइ छ । मंगलबार दिउँसो ३ बजेसम्मको उहाँको स्वास्थ्य अवस्था स्थिर, तर जोखिमपूर्ण नै देखिएको डा झाले जानकारी दिनुभयो ।

 

  • २५ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech