हिमाली भेगमा हिउँ परेपछि कर्णालीमा खोप कार्यक्रम अबरुद्ध

    • स्वास्थ्य पेज

  • २४ फाल्गुन २०७७, सोमबार

सुर्खेत: कर्णाली प्रदेशका हिमाली भेगमा हिउँ परेपछि कोरोनाविरूद्धको खोप लगाउने कार्यक्रम प्रभावित भएको छ ।

आइतबारदेखि सुरु भएको खोप कार्यक्रम हिउँ परेपछि सोमबार अवरूद्ध भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आइतबार रातिबाट नै हिउँ पर्न थालेपछि सोमबार खोपकार्यक्रम अवरुद्ध भएको हो ।

हिउँ परेपछि हुम्ला, माथिल्लो मुगु र माथिल्लो डोल्पामा खोप लगाउने कार्यक्रम अवरूद्ध भएको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिनु भयो ।

चौधरीका अनुसार आइतबार मात्रै कर्णाली प्रदेशका १४ हजार ५६ जनाले खोप लगाएका छन् । ८ स्थानीय तहबाट भने अझै रिर्पोट आउन नसकेको उहाँले बताउनु भयो।

कर्णालीका १० जिल्लामा २८८ खोप केन्द्र तोकेर कोरोनाविरूद्धको खोप लगाउने काम भइरहेको निर्देशनालयले जनाएको छ ।

  • २४ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech