नारी दिवसमा एभरेष्टको नि:शुल्क सुगर, थाइराइड र ब्लड प्रेसर जाँच

    • स्वास्थ्य पेज

  • २४ फाल्गुन २०७७, सोमबार

नेपालगन्ज: अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपालगन्ज स्थित एभरेष्ट इन्टरनेशनल पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरले विभिन्न परीक्षण नि:शुल्क गर्ने भएको छ ।

सम्पुर्ण महिलाहरुका लागि सुगर, थाइराइड र ब्लड प्रेसर नि:शुल्क जाँच गर्न लागिएको सेन्टरका सन्चालक लिलाम्बर झाले बताउनुभयो । करिब १५०० मुल्य बराबरको जाँच निशुल्क गरिने छ ।

संस्थाले सामाजिक उत्तरदायित्व निभाउन बेलाबखत यसखाले कार्यक्रमको आयोजना गर्दै आएको छ । यसअघि थारु समुदायको महान् पर्व माघीमा समेत सम्पुर्ण थारु समुदायका व्यक्तिहरुका लागि एभरेष्टले यी परीक्षणहरु नि:शुल्क गरेको थियो ।

संस्थाले आज सम्पुर्ण नारीहरुलाई नि:शुल्क जाँच गराई मौकाको फाइदा उठाउन आग्रह समेत गरेको छ ।

  • २४ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech