एकै दिन आज एक लाख ४३ हजारले कोरोना खोप लगाए

    • स्वास्थ्य पेज

  • २३ फाल्गुन २०७७, आईतवार

काठमाडौंः आइतबार देशभर १ लाख ४३ हजार १४२ जनाले कोरोना भाइरस विरुद्दको खोप लगाएका छन्। दोस्रो प्राथमिकतामा परेकाहरुका लागि सुरु गरिएको खोप अभियानको पहिलो दिन साँझ ६ बजेसम्म १ लाख ४३ हजार १४२ जनाले खोप लगाएका हुन् ।

देशभरका २ हजार ९३ वटा खोप केन्द्रबाट आज पहिलो चरणमा छुटेका र ६५ वर्षमाथिका नागरिकले खोप लगाएको स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले जानकारी दिनुभयो ।

६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइसकेपछि  ५५ देखि ६४ वर्षसम्मका नागरिकलाई खोप दिइने सरकारको तयारी छ । खोप अभियान सफल पार्न १५ हजार स्वास्थ्यकर्मी खटिएका छन् ।

आइतबार विहान त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएसँगै ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन सुरु गरिएको थियो ।

  • २३ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech