नेपालमा हालसम्म कोभिड संक्रमित २ लाख ७० हजार ८८६ जना निको भए

    • स्वास्थ्य पेज

  • २३ फाल्गुन २०७७, आईतवार

काठमाडौं: नेपालमा हालसम्म २ लाख ७४ हजार ७ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार ४ हजार १ सय ११ जनाको पिसिआर परीक्षण गर्दा ६६ जना कोभिड संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ८ सय २५ जना मात्र सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।

पछिल्लो २४ घण्टामा ५८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ८ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ।

गएको २४ घण्टामा कोरोना संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन् ।

  • २३ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech