कोरोना संक्रमित महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • २३ फाल्गुन २०७७, आईतवार

धरान: धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार धनकुटा–७ की ४० वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान ३ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई फागुन १२ गते अस्पतालमा भर्ना गरिएकोमा त्यसको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । उनी मधुमेहबाट समेत पीडित थिइन् ।

  • २३ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech