नेपाल पेडियाट्रिक सोसाइटीमा डा राई निर्विरोध, उपाध्यक्ष, सचिव र सदस्य पदमा भने मतदान

    • स्वास्थ्य पेज

  • २३ फाल्गुन २०७७, आईतवार

काठमाडौंः नेपाल पेडियाट्रिक सोसाइटीमा डा गणेशकुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। बाल रोग विशेषज्ञहरुको संस्था पेडियाट्रिक सोसाइटीमा राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। सोसाइटीको नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।

राई निर्विरोध अध्यक्षमा चुनिनुभयो । उपाध्यक्ष, सचिव र सदस्य पदमा भने मतदान भएको छ । साइटीको उपाध्यक्षमा डा कैलाश प्रसाद साह निर्वाचित हुनुभयो । उहाँले १९९ मत ल्याउनुभयो । प्रत्यासी युवानिधी बसौलाको भने ११३ मत आएको छ।

महासचिवमा डा कृष्णप्रसाद पौडेल निर्विरो छ । कोषाध्यक्षमा डा रामहरि चापागाईं पनि निर्विरोध चयन भएका हुन्।

सचिवमा डा विष्णुरथ गिरी निर्वाचित हुनुभएको छ । उहाँले १७६ मत ल्याएका छन् भने उहाँका प्रतिस्पर्धी डा विजय थापाले ११८ मत ल्याउनुभयो । यस्तै सह कोषाध्यक्ष पदमा डा राजु काफ्ले निर्विरोध निर्वाचित हुनुभयो ।

सदस्यहरुमा डा सुमित अग्रवाल २४४ मत, डा स्मृति माथेमा २३६ मत, डा प्रकाश जोशी २२४ मत, डा संगिता शाक्य २१३ मत, डा ओमकृष्ण पाठक २०७ मत र डा दीपक राजभण्डारी १८७ मत, डा महेशकुमार गौतम १८६ मत र डा अंशु झा १८२ मत ल्याएर विजयी हुनुभएको छ ।

 

  • २३ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech