प्रधानमन्त्री ओलीले लगाउनुभयो कोरोना भाइरस विरुद्दको खोप

    • स्वास्थ्य पेज

  • २३ फाल्गुन २०७७, आईतवार

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्दको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर प्रधानमन्त्री ओलीले कोरोनाविरुद्दको खोप लगाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले खोप लगाएसँगै देशभर ६५ वर्षमाथिका नागरिकका लागि खोप अभियान सुरु भएको छ। प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्धको खोप लगाइसकेपछि यो खोप सुरक्षित रहेकाले सबैलाई लगाउन आग्रहसमेत गर्नुभयो ।

आजदेखि देशैभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइँदै छ। यो अभियानमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।

यसैबिच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पनि आइतबार कोरोनाभाइरस विरुद्धको खोप लगाउनुभएको छ । थापाले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पुगेर कोरोनाविरुद्धको खोप लगाउनुभएको हो ।

  • २३ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech