खोपप्रति शंका नगर्नुस्, खोपभन्दा प्रभावकारी अरु केही छैन: स्वास्थ्यमन्त्री

    • स्वास्थ्य पेज

  • २२ फाल्गुन २०७७, शनिबार

काठमाडौँ:  स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरसविरुद्धको खोपले कोरोनालाई निर्मुल नभई नियन्त्रण गर्ने बताउनु भएको छ ।

शनिबार युनिसेफ र स्वास्थ्य मन्त्रालयको आयोजित संयुक्त खोपसम्बन्धी कार्यक्रममा नेपालमा चलिरहेको कोरोना भाइरसविरुद्धको खोप अभियान चलिरहेका बेला खोपप्रति अझै शंका रहेको भन्दै उक्त कुरा बताउनु भएको छ ।

अहिले पनि खोपलाई लिएर धेरै शंका भैरहेको भन्दै उहाँले  हाम्रो देशमा प्रयोग भएको कोरोना भाइरसविरुद्धको खोप तेस्रो चरणको क्लिनिकल ट्रायल पार भएको स्पष्ट पार्नु भयो ।  त्यसमा कुनै शंका नगर्न उहाँको जोड छ ।

यस्तै आइतबारबाट सुरु हुने दोस्रो चरणको खोप अभियानमा १७ लाख मानिसलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्यमन्त्री त्रिपाठीले बताउनु भयो ।

  • २२ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech