काठमाडौँ: स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरसविरुद्धको खोपले कोरोनालाई निर्मुल नभई नियन्त्रण गर्ने बताउनु भएको छ ।
शनिबार युनिसेफ र स्वास्थ्य मन्त्रालयको आयोजित संयुक्त खोपसम्बन्धी कार्यक्रममा नेपालमा चलिरहेको कोरोना भाइरसविरुद्धको खोप अभियान चलिरहेका बेला खोपप्रति अझै शंका रहेको भन्दै उक्त कुरा बताउनु भएको छ ।
अहिले पनि खोपलाई लिएर धेरै शंका भैरहेको भन्दै उहाँले हाम्रो देशमा प्रयोग भएको कोरोना भाइरसविरुद्धको खोप तेस्रो चरणको क्लिनिकल ट्रायल पार भएको स्पष्ट पार्नु भयो । त्यसमा कुनै शंका नगर्न उहाँको जोड छ ।
यस्तै आइतबारबाट सुरु हुने दोस्रो चरणको खोप अभियानमा १७ लाख मानिसलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्यमन्त्री त्रिपाठीले बताउनु भयो ।