कोभ्याक्सको ३ लाख ४८ डोज खोप भोलि नेपाल आउँदै, स्वास्थ्यमन्त्रीले रिसिब गर्ने

    • स्वास्थ्य पेज

  • २२ फाल्गुन २०७७, शनिबार

काठमाडौंः कोभ्याक्सको पहिलो चरणको खोप नेपाल आउने भएको छ। भोलि विहान ११ः१५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ३ लाख ४८ हजार डोज आउने स्वास्थ्य सचिव लक्ष्मण आर्यलले जानकारी दिनुभयो।

विश्व स्वास्थ्य संगठनले विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका डोज पठाएको छ। सोहिअनुरुप नेपाललाई पनि निः शुल्क खोप पठाउन लागिएको हो। कोभ्याक्स फ्यासिलिटी अन्तरगत नेपालमा खोप लगाउने जनसंख्या मध्ये २० प्रतिशतलाई पुग्ने गरी एक करोड ३० लाख डोज खोप उपलब्ध गराउने बताइएको छ ।

उक्त खोपमध्ये पहिलो चरणमा ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्ने भएको हो। हाल नेपालमा सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप प्रयोग भइरहेको छ। भोलि आउन लागेको खोप रिसिभ गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुग्ने कार्यक्रम छ ।

  • २२ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech