प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोना विरुद्धको खोप लगाउने

    • स्वास्थ्य पेज

  • २२ फाल्गुन २०७७, शनिबार

तस्बिर:फाइल

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले भोली आइतबार कोरोनाविरुद्दको खोप लगाएर दोस्रो चरणको अभियानको सुरुवात गर्ने कार्यक्रम तय भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले भोली बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना खोप लगाउने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीले खोप लगाएसँगै भोलीबाट दोस्रो प्राथमिकतामा परेकाहरुको खोप अभियान पनि सुरु हुने छ। भोलीबाट ६५ वर्षमाथिका नागरिकलाई कोरोना खोप दिने कार्यक्रम रहेको छ।

  • २२ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech