भेरी अस्पतालको न्युरो सेवा बन्द, तत्काल नियमित हुने छैन संभावना

    • स्वास्थ्य पेज

  • २२ फाल्गुन २०७७, शनिबार

तस्विर : फाइल

नेपालगन्ज: नेपालगन्जस्थित भेरी अस्पतालको न्युरो सेवा प्रभावित छ । अस्पतालका न्युरो सर्जन डा.हरि पौडेल सेती अस्पताल धनगढी सरुवा भएर गएपछि अस्पतालको न्युरो सेवा प्रभावित भएको हो ।

न्युरो सर्जरी सेवा सुरु भएको छोटो समयमै बन्द भएपछि विरामीहरु अन्यत्र जान बाध्य छन् । डा.पौडेलको सरुवा भएको महिनौ बितिसक्दा पनि नयाँ चिकित्सक नआउँदा समस्या भएको हो ।

अस्पतालका मेसु डा.प्रकाश थापाले न्युरोसर्जन डा हरी पौडेलको सरुवापछि सेवा प्रभावित भएको बताउनु भयो। अस्पतालले न्युरो सेवा प्रभावकारी बनाउन विभिन्न उपकरणहरु खरिद गरेको थियो ।

चिकित्सक नहुँदा उक्त उपकरणहरु अहिले अर्थो, इएनटीलगायतका बिभागमा प्रयोग भैरहेका छन । अति संवेदनशिल मानिने न्युरो सर्जरीको सेवा संचालनका लागि पहल भैरहेको मेसु डा थापाले बताउनुभयो ।

`न्युरो सर्जनका लागि हाम्रो पहल जारी छ उहाँले भन्नुभयो-`बिषय बिग्यता हासिल गरेका नयाँ र युवा चिकित्सक आउने छन् र सेवा नियमित हुने छ ।´ तर कहिले देखि नियमित हुने बारे भने टुंगो छैन ।

 

  • २२ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech