खोप अभियानलाई लक्षित गर्दै स्वास्थ्य मन्त्रालयद्धारा आजदेखि दैनिक प्रेस ब्रिफिङ सुरु

    • स्वास्थ्य पेज

  • २१ फाल्गुन २०७७, शुक्रबार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियानलाई लक्षित गर्दै दैनिक प्रेस ब्रिफिङ गर्ने भएको छ ।मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दोस्रो प्राथमिकतामा परेकाहरुका लागि फागुन २३ गते आइतबारदेखि सुरु हुने खोप अभियानलाई लक्षित गर्दै दैनिक प्रेस ब्रिफिङ गर्ने तयारी मन्त्रालयले गरेको जानकारी दिनुभयो ।

विगतका केही हप्तादेखि हप्ताको दुई पटक आइतबार र बुधबार गर्दै आएको प्रेस ब्रिफिङलाई कोभिड–१९ को खोप अभियानलाई मध्येजनर राखी आजदेखि करिब तीन हप्ता दैनिक प्रेस ब्रिफिङ गरिने गौतमको भनाइ छ ।

उहाँले हरेक दिनको पत्रकार सम्मेलनमा खोप अभियानको विषयमा सरकारको नीति, योजना, गतिविधि, उपलब्धी र चुनौतीबारे नियमित रुपमा सूचना तथा जानकारीमूलक सन्देशहरु प्रवाह गर्ने बताउनुभयो ।

डा गौतमले कोरोना संक्रमणबाट बच्न खोप लगाउनु अघि र खोप लगाएपछि पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने बताउनुभयो । उहाँले जनस्वास्थ्यको मापदण्ड पालना गर्दा कोरोना संक्रमण र अन्य सरुवा रोगबाट समेत जोगिन सकिने बताउनुभयो ।

  • २१ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech