खोप दिने प्राथमिकता समूह फेरि परिर्वतन

    • स्वास्थ्य पेज

  • २१ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं: सरकारले आगामी २३ फागुनदेखि शुरु गर्न लागेको कोभिडविरुद्धको खोपको दोस्रो चरणको अभियानमा पहिलो प्राथमिकतामा ६५ वर्ष माथिकालाई राखेको छ ।

तोकिएको समयमा सम्झौता अनुसारको खोप नआएपछि यसअघि ५५ वर्ष माथिकालाई दिइने भनेर गरिएको निर्णयलाई संसोधन गरी ६५ वर्ष पुर्‍याइएको हो । यसअघि ६० वर्ष माथिकालाई खोप दिने तयारी गरे तापनि संशोधन गरेर ५५ वर्ष पुर्‍याइएको थियो ।

सरकारले दुई साताभित्र २० लाख डोज कोभिसिल्ड ल्याइपुर्‍याउने गरी सिरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी गरेको थियो । सिरमले सम्झौताअनुसार १० लाख डोज पठाए पनि दोस्रो डोज समयमै पठाउन नसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले बताउनु भयो । सोही कारण खोपको उपलव्धता अनुसार पहिलो दोस्रो चरणको पहिलो प्राथमिकतामा ६५ वर्ष माथिकाहरुलाई राखिएको हो ।

 

 

  • २१ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech