विशेषज्ञ तहको चिकित्सक नाम दर्ता: परीक्षाको अंकभार थप 

    • स्वास्थ्य पेज

  • २१ फाल्गुन २०७७, शुक्रबार
काठमाडौं:  नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ ( स्नाकोत्तर ) तहको चिकित्सक नाम दर्ताका लागि लिने विशेषज्ञ परीक्षाको अंकभार थप गरेको छ। 

काउन्सिलले एक सूचना जारी गरी विशेषज्ञ तहको चिकित्सक नाम दर्ताका लागि लिने विशेष परीक्षाको अंकभार थप गरी १ सय २० बनाइएको जानकारी दिएको छ। यसअघि परीक्षाको अंकभार हालसम्म १ सय कायम गरिएको थियो।

फागुन १२ गते को पूर्ण बैठकले आगामी परीक्षादेखि लागु हुने गरी परीक्षाको अंकभार १ सय २० र परीक्षा समय दुई घण्टा कायम गरिएको सूचनामा उल्लेख छ। यसरी थप गरिने २० वटा प्रश्नहरु एक उत्तर वस्तुगत प्रश्न हुने काउन्सिलले जनाएको छ।

सूचनामा भनिएको छ, ‘२०७७ फागुन १२ गते पूर्ण बैठकको निर्णयानुआर आगामी परीक्षादेखि लागु हुने गरी परीक्षाको अंकभार १ सय २० र परीक्षा समय दुई घण्टा कायम गरिएको व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराईन्छ।’

  • २१ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech