एओर्टा एन्युरिज्म : धमनी फुलेको वा यसको समस्या कसरी थाहा पाउने ?

    • स्वास्थ्य पेज

  • २१ फाल्गुन २०७७, शुक्रबार

एओर्टा धमनीको कुनै हिस्सा असाधारण रूपले फुल्ने स्थितिलाई नै एओर्टा एन्युरिज्म भन्ने गरिन्छ । यो फैलावट एओर्टा धमनीको कुनै पनि भागमा हुन सक्छ । जुन आकृतिका हिसाबले ट्युवको जस्तो गोलाकार हुने गर्छ । कुनै स्थितिमा सामान्य फुलाइले अर्कै आकृति पनि देखाउने गर्छ । ट्युबको आकृतिवाला एओर्टिक एन्युरिज्मलाई फ्युजिफर्म र गोलो आकृतिवालालाई सेक्युलर एओर्टिक नामले चिन्ने गरिन्छ ।

एओर्टा शरीरको सबैभन्दा ठूलो रक्त वाहिका हो । त्यसो त एओर्टा धमनी अरूभन्दा धेरै मजबुत धमनीको रूपमा लिने गरिन्छ । तर स्वास्थ्यसम्बन्धी केही स्थितिहरूका कारण यो धमनी कमजोर हुन पुग्छ । जसको कारणले रगतको दबाबमा धमनीको कुनै हिस्सा फुल्न जान्छ । कैयौं पटक रगतमाथिको दबाबका कारण धमनी फुट्न जान्छ । जसले शरीरको भित्र नै रक्तस्राव गराउन सक्छ ।

एओर्टा एन्युरिज्मका प्रकारहरू

एओर्टा एन्युरिज्म मुख्य रूपले दुई प्रकारको हुन्छ । कुरा यसमा भर पर्छ कि एन्युरिज्म कुन ठाउँमा भयो ? एओर्टिक एन्युरिज्म मुख्य रुपले दुई प्रकारको हुने गर्छ ।

एब्डोमिनल एओर्टिक एन्युरिज्म

यो एओर्टिक धमनीको त्यो भागमा हुन्छ, जुन पेटको भित्रदेखि लिएर निस्किने गर्छ ।

थोराएसिक एओर्टिक एन्युरिज्म

थोराएसिक एओर्टिक एन्युरिज्म धमनीको त्यो भागमा हुने गर्छ । जसको भाग छातीको भित्रदेखि निस्कने गर्छ ।

एओर्टा एन्युरिज्मको लक्षण

एओर्टिक एन्युरिज्मको लक्षण आम रूपमा उसको प्रकारमा भर पर्छ । कुनै अवस्थामा यसको स्थिति केही गम्भीर पनि हुन सक्छ भने कुनै सामान्य पनि । यो धमनी हृदयबाट सुरु भएर छाती हुँदै पेटसम्म जाने गर्छ । यसको लागि छातीको हिस्सामा यो समस्या हुने गर्छ । एओर्टिक एन्युरिज्म आम रूपमा बिस्तारै बिस्तारै विकसित हुने समस्या पनि हो । कुनै अवस्थामा यो समस्यामा पनि धमनी नफाट्ने समस्या पनि हुने गर्छ । जबकि केही समस्या लगातार बढ्दै जान्छ र अन्तमा फाट्ने गर्छ । एओर्टिक एन्युरिज्म जति तीव्र रूपमा बढ्दै जान्छ । उति नै त्यसलाई पत्ता लगाउन मुस्किल हुने गर्छ ।

एब्डामिनल एन्युरिज्मको मामलामा निम्न लक्षणहरु देख्न सकिन्छ ।

–पेटमा हुने दुखाइ

–पेट फुल्नु

–खुट्टा अस्वाभाविक चिसो हुनु

–शारीरिक वजन कम हुनु

–ज्वरो आउने

–कम्मरमा हुने दुखाइ

–शारीरिक गतिविधिमा हुने समस्या

जुन समय थोराएसिक एन्युरिज्म बढिरहेको हुन्छ । त्यो अवस्थामा निम्न समस्याहरु देखिन सक्छ ।

–छातीमा हुने दुखाइ

–छातीमा छुनेबित्तिकै दुखाइ हुनु

–गला बस्नु

–खोकी लाग्नु

–सास लिनमा समस्या हुनु

–गहिरो सास लिने बेलामा समस्या हुनु

कहिले देखाउने चिकित्सकलाई ?

कुनै समय जटिल अवस्था पनि देखा पर्न सक्छ । यस्तो अवस्थामा चिकित्सकलाई तुरुन्त देखाइहाल्नुपर्छ । त्यस्तो अवस्थामा निम्न लक्षण देखिने गर्छ ।

–कम्मरभन्दा माथिल्लो र तल्लो भागमा तीव्र दुखाइ महसुस हुनु

–छाती, गर्दन र काँधमा तीव्र दुखाइको महसुस हुनु

–सास लिँदा गाह्रो महसुस हुनु

एओर्टा एन्युरिज्मको कारण

एओर्टिकको एन्युरिज्मको लगभग तीन चौथाइ समस्या धमनीमा चोट पुग्नाले हुने गर्छ । धमनीहरुमा पुग्ने चोटको समस्यालाई एथेरोस्क्लेरोसिस पनि भन्ने गरिन्छ । एथेरोस्क्लेरोसिस त्यतिबेला हुन्छ । जतिबेला कोलेस्ट्रोल वा फ्याट धमनिको भित्र जम्मा हुन लाग्छ । रक्तचाप बढ्नु, धुम्रपान गर्नु या परिवारमा पहिले कसैलाई यस्तो समस्या छ भने त्यस्तो अवस्थामा यो समस्या दोहोरिन सक्छ ।

एथेरोस्केरोसिसमा कोलिजन वा इलास्टिन तीव्रताको अवशोषित हुन सक्छ । यो दुवै विशेष प्रकारको प्रोटिन हो । जुन धमनीको संरचनात्मक रुपले मजबुत बनाउन मद्धत गर्छ । यसको अलावा केही अन्य कारणहरु पनि छन् जुन एओर्टिक एन्युरिज्मको कारण बन्न सक्छ ।

–उच्च रक्तचाप

–संक्रमण

–धमनीको वरिपरी चोट लाग्नु

–कोलेस्ट्रोल बढ्नु

एओर्टिक एन्युरिज्मको उपचार

एओर्टिक एन्युरिज्मको उपचार त्यसको आकार गाम्भीर्य र धमनीको कुन हिस्सा त्यसबाट प्रभावित भएको छ, त्यसको आधारमा भिन्दाभिन्दै तरिकाले गर्ने गरिन्छ ।

प्रायःजसो एब्डामिनल सर्जरी या एन्डोभस्कुलर सर्जरीको मद्दतले यसको उपचार गर्ने गरिन्छ । सर्जरी गर्नुपूर्व चिकित्सकहरूले यसकोबारेमा परीक्षण गर्ने गर्छन् । ताकि बिरामीको सर्जरी गर्न सकिन्छ कि सकिँदैन भन्ने यकिन होस् ।

यसका अलावा बिरामीको क्षण वा रोगको गाम्भीर्यको आधारमा केही औषधि दिएर त्यसको उपचार खोज्ने पनि गरिन्छ । यस्तो औषधि समस्याको सुरुवाती अवस्थामा नै परीक्षण गर्न गएको अवस्थामा वा धेरै दुखाइ भएको छ भने तत्कालको लागि दुखाइ कम गर्न लागि दिने गरिन्छ ।

  • २१ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech