दुई दिनमा सांसद र कर्मचारी गरि ९७२ जनाले कोरोनाविरुद्धको खोप लगाए

    • स्वास्थ्य पेज

  • २० फाल्गुन २०७७, बिहीबार

काठमाडौंः दुई दिनमा सांसद र कर्मचारी गरि ९७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। संघीय संसदका प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सभामुख, मन्त्री तथा सांसदहरुको लागि सुरु भएको खोप कार्यक्रमको दोस्रो दिन बिहीबार ४९० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएसँगै लगाउनेको कुल संख्या ९७२ पुगेको हो ।

संसद सचिवालयका उपसचिव रामहरी थापाका अनुसार विहीबार ६० जना सांसद र संसद सचिवालयका कर्मचारी तथा मन्त्रीका स्वकिय सचिव लगायत ४३० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका हुन्।

यसअघि बुधबार ४८२ जनाले खोप लगाएका थिए। सांसद तथा संसदका कर्मचारीका लागि शुक्रबारसम्म खोप कार्यक्रम जारी रहनेछ।

सांसदहरुको लागि खोप अभियान सकिएपछि सरकारले फागुन २३ गते आइतबारदेखि दोस्रो प्राथमिकतामा परेका ५५ वर्ष माथिका व्यक्तिहरुलाई खोप लगाउने तयारी गरिसकेको छ।

  • २० फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech