कोरोनाविरुद्धको खोप लगाएपछि पूर्वप्रधानमन्त्री डा भट्टराई बिरामी

    • स्वास्थ्य पेज

  • २० फाल्गुन २०७७, बिहीबार

तस्बिर:फाइल

काठमाडौंः कोरोनाविरुद्धको खोप लगाएपछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई ज्वरो आएको छ।

१०४ डिग्रीसम्म ज्वरो आएपछि उहाँ स्वास्थ्य जाँचका लागि बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्नुभयो । विभिन्न जाँचपछि चिकित्सकको प्रत्यक्ष निगरानीमा रहने गरी डा भट्टराई बिहीबार नै घर फर्किनुभएको छ ।

हालै भारतको नयाँ दिल्ली पुगेर स्वास्थ्य जाँच गरेर फर्किएका उहाँलाई सामान्य ज्वरो आइरहेको थियो। सोही अवस्थामा बुधबार कोरोनाविरुद्धको खोप लगाएपछि ज्वरो बढेको उहाँका प्रेस संयोजक विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।

डा भट्टराईको स्वास्थ्यलाई शिक्षण अस्पतालका साथै वीर अस्पतालका केही चिकित्सकहरुले निगरानी गर्ने भएका छन् ।

  • २० फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech