अब देशभर कोभिडका सक्रिय संक्रमित ७९५ जना मात्र

    • स्वास्थ्य पेज

  • २० फाल्गुन २०७७, बिहीबार

काठमाडौं:पछिल्लो २४ घण्टामा देशभर १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

५ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना महिला र ७० जना पुरुषमा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ । बिहिबार कोरोना संक्रमणबाट निको भएर देशभर ७८ जना डिस्चार्ज भएका छन् ।

योसँगै संक्रमण मुक्त भई डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७० हजार ६८३ पुगेको छ । देशभर ५७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

गएको २४ घण्टामा भाइरस संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । हालसम्म ३ हजार १० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । अब ७९५ जना संक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयले जनाएको छ ।

  • २० फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech