चीन र दक्षिण अफ्रिकामा नक्कली खोप गिरोह प्रक्राउ

    • स्वास्थ्य पेज

  • २० फाल्गुन २०७७, बिहीबार

एजेन्सीः चीन र दक्षिण अफ्रिकामा सक्रिया कोरोना भाइरसविरुद्धको नक्कली खोप गिरोहलाई पर्दाफास गरि केहीलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

चीन र दक्षिण अफ्रिकाका प्रहरीले कोरोना भाइरसविरुद्धका हजारौँ डोज नक्कली खोप नियन्त्रणका लिनुका सार्थी सो गिरोहका दर्जनौँ व्यक्तिलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले चीनमा नम्कली खोप बनाउने खोपमा छापा मारेर गिरोका ८० जनालाई पक्राउ गरेको छ । त्यहाँबाट प्रहरीले कम्तीमा तीन हजार डोज नक्कली खोप बरामद गरेको छ ।

यस्तै दक्षिण अफ्रिकाको गाउतेङमा रहेको गोदामबाट प्रहरीले तीन चिनियाँ तथा एक जिम्बाबेका नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले नक्कली खोपका २४ सय डोज बरामद गरेको छ ।

नक्कली खोप गिरोहका सदस्यलाई कहिले पक्राउ गरिएको भन्ने यकिन भएको छैन।

बुधबार इन्टरपोलले वक्तव्य जारी गरेर नक्कली खोपका अरु गिरोह पनि रहेको सूचना पाएको बताएको छ।

 

  • २० फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech