देशभर ८७ जना कोभिड संक्रमित थपिए, कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेहरुको संख्या ३०१० पुग्यो

    • स्वास्थ्य पेज

  • १९ फाल्गुन २०७७, बुधबार

काठमाडौं: बुधबार देशभर ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ३९९ जनाको पीसीआर परीक्षण गर्दा ३५ जना महिला र ५२ जना पुरुषमा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ७४ हजार ३ सय ८१ पुगेको छ । कोरोना संक्रमण जितेर बुधबार थप ६२ जना डिस्चार्ज भएका छन् ।

योसँगै संक्रमण मुक्त भएर डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७० हजार ६ सय ५ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ ।

२४ घण्टामै प्राप्त भएको मृत्यु संख्या भन्दै मन्त्रालयले थप २३३ जना समावेश गरेको छ। योसँगै कोरोना संक्रमणकै कारण नेपालमा ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ।

अब सक्रिय संक्रमित ७ सय ६६ जना स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयले जनाएको छ ।

  • १९ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech