आजदेखि सांसदहरुलाई कोभिड–१९ विरुद्धको खोप दिइने

    • स्वास्थ्य पेज

  • १९ फाल्गुन २०७७, बुधबार

काठमाडौंः सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको पहिलो खोप संघीय संसदका सांसदहरुलाई दिने भएको छ । २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने तालिका भए पनि आजबाट सांसदहरुलाई खोप दिइने भएको हो ।

खोप लागाउनेमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा संसद सचिवालयका कर्मचारी र मर्यादापालक गरि जम्मा १ हजार ५ सय जनाको सूची तयार पारिएको छ ।

उनीहरुलाई काठमाडौंको सिभिल हस्पिटलबाट ३ दिनभित्रमा खोप दिइसक्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


Nabintech