बिएण्डसीका सञ्चालक दुर्गा प्रसाईंको प्रचण्डलाई चेतावनीः ओलीसँग नमिले जनताले घर न घाटको बनाउने छन्

    • स्वास्थ्य पेज

  • १८ फाल्गुन २०७७, मंगलवार

झापा: बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई केपी ओलीसँग मिल्न आग्रह गर्नुभएको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै प्रसाईंले दुई नेता मिल्नुको विकल्प नरहेको दावी गर्नुभयो ।

फराकिलो छाती भएका राष्ट्रवादी र चट्टानी अडान भएका प्रधानमन्त्री ओलीसँग प्रचण्डले सहकार्य गर्नुपर्ने प्रसाईंले बताउनुभयो। प्रधानमन्त्री ओलीले फराकिलो छाती बनाएकै कारण नेपालमा दुई तिहाईको सरकार बनेको उल्लेख गर्दै प्रसाईंले गणतन्त्रमा प्रमुख भूमिका खेलेको जिकीर गर्नुभयो ।

विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठका कारण पार्टी फुटेको इंगित गर्दै प्रसाईंले काजीहरुको चंगुलबाट प्रचण्ड बाहिरिनुपर्ने तर्क गर्नुभयो । ‘जनयुद्ध पनि नभोगेका र जनयुद्ध नदेखेका काजी सापहरुको पछि लाग्नु हुन्छ भने ती काजीहरुले तपाईं (प्रचण्ड) लाई जनताको मन मस्तिष्कमा होइन माइतीघर मण्डलाबाट धेरै पर हुत्याएर घर न घाटको बनाउने छन’ उहाँका चेतावनी थियो ।

  • १८ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech