पछिल्लो २४ घण्टामा ७८ संक्रमित थपिए, ७२ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १८ फाल्गुन २०७७, मंगलवार

नेपालगन्जः पछिल्लो २४ घण्टामा नेपालमा ७८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार २ सय ९४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय ७४ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार १ सय २७ जनाको पिसिआर परीक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ७० हजार १ सय १२ पुगेको छ।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ५८ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ७२ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ५ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ।

  • १८ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech