दुर्गा प्रसाईको मेडिकल कलेजको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिन्छः प्रधानमन्त्री ओली

    • स्वास्थ्य पेज

  • १८ फाल्गुन २०७७, मंगलवार

झापाः प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने प्रक्रिया अगाडि बढेको बताउनुभएको छ ।

बिएन्डसीले निर्माण गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनका लागि झापा पुग्नुभएका प्रधानमन्त्री ओलीले मेडिकल कलेजको सम्बन्धनको प्रक्रिया अगाडि बढेको जानकारी दिनुभएको हो ।

उहाँले बिएन्डसीलाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिन लागेको जानकारी पनि दिनुभयो । यो अस्पताल अस्पतालका रुपमा मात्र नभएर शिक्षण अस्पतालको रुपमा हुने ओलीको भनाइ छ ।

केही समयभित्रै शिक्षण अस्पतालका रुपमा अगाडि बढाउन प्रक्रिया अगाडि बढाइसकेको भन्दै उहाँले यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिन लागेको जानकारी दिनुभयो ।

  • १८ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech