गर्भवतिले के खान हुन्न?

    • स्वास्थ्य पेज

  • १८ फाल्गुन २०७७, मंगलवार

महिलाको जीवनमा आमा बन्नु वा गर्भावस्था अतन्तै संवेदनशील समय हो । गर्भावस्थालाई लिएर हाम्रो समाजमा ठाउँ अवस्था धेरै ‘मिथ’ प्रचलनमा छन् ।

गर्भावस्थामा यो खान हुन्न, उ खान हुन्न भन्ने धेरै कुरा समाजमा व्याप्त छ । बरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. गीता गुरूङको अनुभवमा पनि गर्भावास्थाको परीक्षणका लागि आउँने धेरै महिलाहरु यस्तै र अनेक खालका विश्वास लिएर आएका हुन्छन् ।

डा. गुरुङका अनुसार विशेषगरी महिलाहरुमा गर्भवति हुँदा कुभिन्दो, कटहरजस्ता केही खानेकुरा जनवरहरूमा प्रयोग गर्ने भन्ने आधारमा खाना हुन्न भनाई पाइन्छ ।

तर यस्ता कुराको पछाडी कुनै वैज्ञानिक आधार (लिट्रेचर) नभएको भनाई उनको छ । चिकित्सकहरुसमेत यस्ता खानेकुरासँग जोडिएका कसैका अनुभवले यसो भनिरहेका हुनसक्ने बताउँछन् ।

तर चिकित्सकहरुले भने गर्भवति महिलालाई बरु खानेकुरामा विशेष र सन्तुलित खान सल्लाह दिने गरेका छन् । विज्ञहरुका अनुसार गर्भावस्थामा खानेकुरा खाँदा कार्वोहाइडेड, भिटामिनजस्ता महत्वपूर्ण तत्वहरु प्राप्त गर्नेगरी रोज्नुपर्छ ।

गर्भावस्थामा कब्जियतको संभावना एवं जोखिम कम गर्न स्याऊजस्ता फाइबरयुक्त र सुन्तालाजस्ता रेसादार खाना बढी लाभदायी हुन्छ ।

त्यसैगरी गर्भवति महिलाले बढी आइरन र क्याल्सियामयूक्त खानेकुरा खानुपर्छ । बच्चाको हड्डि बढ्न क्याल्सियाम र हेमोग्लोबिनको सन्तुलनका लागि आइरन बढी पाइने खाना आवश्यक हुन्छ ।

गर्भवति अवस्थामा शरीरमा पानीको मात्रा बढ्न जान्छ । पाठेघरमा रगतको सप्लाई पनि बढ्छ । रगतको मात्रा बढेपनि रगतमा हुने विशेष तत्व होमोग्लोबिनको मात्रा भने उही रहन्छ ।

सामान्यतः नेपाली महिनामा हेमोग्लोबिन औसत भन्दा यसै पनि कम हुन्छ । शरीरमा रगत बढेपनि हेमोग्लोबिन त उस्तै हुन्छ । जसले गर्दा घुलन (डाइलुसन) बढी हुँदा हेमोग्लोबिन कम हुने र रक्तअल्पताको जोखिम हुन्छ ।

बच्चाको बृद्धि र हड्डी बलियो बनाउँन क्याल्सियाम बढी खानुपर्छ ।यसैले सामान्य भन्दा बढी मात्रामा क्याल्सियाम र आइरन होस् भन्नका लागि हामीले चक्कीसमेत दिने गरिन्छ ।

पोषणविद्हरुका अनुसार दूध अण्डा, माच्छा मासुबाट क्याल्सियामा प्राप्त हुन्छ । हरियो सागपात र कर्कलोबाट बढी आइरन पाइन्छ ।

पाटन अस्पतालका पोषणविद् डेट्रा जिम्बरम्यानका अनुसार मुख्यतय दूध तथा दूधका परिकार र सानो माच्छाबाट क्याल्सियाम प्राप्त गर्न सकिन्छ ।

सानो माछाको हड्डी नै चपाएर खाइने भएकोले यसमा क्याक्सियमको मात्रा प्रशस्त पाउन सकिन्छ । महिलाले गर्भवति अवस्थासँगै बच्चालाई दूध खुवाइरहँदाको अवस्थामा पनि क्याल्सियामजन्य खानाको मात्रा बढाउँनुपर्छ ।

  • १८ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech