यसरी सहजै नियन्त्रण हुन्छ उच्च रक्तचाप

    • स्वास्थ्य पेज

  • १८ फाल्गुन २०७७, मंगलवार

उच्च रक्तचाप निकै खतरापूर्ण हुन्छ। यसले मुटुमा असर गर्छ। उच्च रक्तचापलाई अनियन्त्रीत छोड्दा मुटु र दिमागमा असर गर्छ। हामीले हाई ब्लड प्रेसरलाई नियन्त्रण गर्न औषधी नै खानुपर्छ भन्ने छैन। घरेलु तरिका अपनाएर पनि प्रेसर नियन्त्रण गर्न सकिन्छ। हाई ब्लड प्रेसर हुँदा स्वास्थ्य सावधानी बढी अपनाउनुपर्छ।

हाई ब्लड प्रेसर नियन्त्रणका लागि बिहान नियमित हिड्ने बानी एकदमै राम्रो हो। नियमित व्यायम आम्रो मुटुको रक्तप्रवाहलाई सन्तुलन राख्छ। नियमित बिहानको समयमा हिड्दा धमनीमा दबाव कम हुन्छ।

यस्तै प्रेसर नियन्त्रणमा राख्नका लागि नुनिला खानेकुरा कम खानुपर्छ। प्रोसेस्ड र जंक फुटको अधिक खाने बानीले प्रेसरमा समस्या पैदा हुनसक्छ। अधिक नुनको सेवन प्रेसर र मुटुका लागि राम्रो मानिदैन। कम नुन खाँदा सहजै हामी बढेको ब्लड प्रेसरलाई नियन्त्रणमा ल्याउन सक्छौं।

पोटासियम एक महत्वपूर्ण खनिज हो। यसले शरीरको सोडियमबाट छुट्कारा माउन सहयोग गर्छ। र, यसले रक्तप्रवाहलाई कम गर्छ। धेरै मानिसले पोटासियमको सेवन कम गरेर सोडियमको सेवन बढाइरहेका हुन्छन्। हामीले पात भएका साग, टमाटर, आलु, फलफूल, खरभुजा, करेला, एवोकाडो, सुन्तला र डेरियुक्त खानेकुरा दूध, दहीको अत्याधिक सेवन गर्नुपर्छ।

यस्तै प्रेसर नियन्त्रणका लागि तनावको व्यवस्थापन गर्नुपर्छ। तनाब हाई ब्लड प्रेसरको प्रमुख कारण हो। रक्सी पिउनु वा अस्वस्थकर खानाखानु ब्लड प्रेसरमा प्रतिकुल असर गर्नसक्छ। काम गर्दा, मन पर्ने गीतसंगीत सुन्दा प्रेसरलाई नियन्त्रणमा राख्न सकिन्छ।

क्याल्सियम युक्त आहारले पनि उच्च रक्तचाप नियन्त्रण गर्छ। शरीरमा क्याल्सियमको मात्रा कम भएमा उच्च रक्तचापको जोखिम हुन्छ। क्याल्सियम स्वस्थ शरीरका लागि महत्वपूर्ण तत्व हो। त्यसैले क्लाल्सियम युक्त खानेकुरा खानुपर्छ।

म्याग्नेसियम एक महत्वपूर्ण खनिज हो। यसले रक्त प्रवाहलाई आरामसँग बग्न सहयोग पुगाउँछ। हामी तरकारी, डेरी उत्पादन, कुखुरा, गहुँ, जौं, मकै जस्ता अन्न आदिबाट म्याग्नेसियम प्राप्तगर्नसक्छौं।

  • १८ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech